काठमाडौं । भुटानसँग एक-एक गोलको बराबरी खेल्दै नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ ।
खेलको अन्तिम समयमा दिपक राज सिंह ठकुरीले गोल गरेपछि नेपाल भुटानसँग बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो ।
दशरथ रंगशालामा फितलो प्रदर्शन गर्दै हारतर्फ उन्मुख देखिएको नेपाली टोलीले अन्तिम समयमा निशान खड्काको कर्नरमा अनन्त तामाङले हेडरमार्फत उपलब्ध पासमा दीपकले हेडमार्फत गोल गरेका हुन् । त्यसअघि पहिलो हाफको २० औं मिनेटमै भुटानले एक गोलले अग्रता लिएको थियो ।
यससँगै नेपाल र लाओस फाइनल खेल्ने भएका छन् । नेपाल ४ अंकसहित शीर्षस्थानमा रहँदा लाओस ३ अंकले दोस्रो भयो । भुटान १ अंक जोड्दै समूह चरणबाट बाहिरिएर घर फर्किएको छ । अब नेपालले लाओससँग चैत १७ गते उपाधिका लागि खेल्नेछ ।
तस्बिरहरू