काठमाडौं । सभामुख देवराज घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी नियुक्त भएका छन् ।
‘सभामुखज्यूले मलाई आफ्नो प्रेस संयोजकमा नियुक्त गर्नुभएको छ,’ अधिकारीले भने ।
अधिकारी लामो समयदेखि संसदीय पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनीसँग कान्तिपुर, नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।
सभामुख नियुक्त भएको केहीदिनमै प्रेस संयोजकमा अधिकारीलाई राख्ने चर्चा एमाले निकट पत्रकारहरूमा हुँदै आएको थियो ।
यसअगाडि चेतन अधिकारीलाई प्रेस संयोजक राख्ने विषयमा पनि छलफल भएको थियो तर उनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक भइसकेकाले उक्त पदमा शेखर अधिकारीलाई नै राखिएको एमाले निकट पत्रकारहरू बताउँछन् ।