काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।
एक सार्वजनिक सूचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो । गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा आउन भनेको छ ।
सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ।