झापा । झापामा मंगलवार एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।
झापा बिर्तामोड-७ का ३४ वर्षीय विजय चौधरीले विर्तामोडस्थित मुक्ति चोकमा आत्मदाहको प्रयास गरेका हुन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुरज कार्कीका अनुसार चाैधरीकाे अवस्था खतरामुक्त छ । पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्ने चाैधरीलाई ट्राफिक प्रहरी र स्थानीयले तत्काल उद्दार गरेका थिए ।
आत्मदाहस्थल नजिक ट्राफिक कार्यालय रहेको छ । मानिसको भिडभाड हुने स्थानमा आत्मदाहको प्रयास गरेको तत्कालै उद्दार गर्न सफल भइएको प्रहरीले जनाएको छ ।
उनको शरीरको पछाडिको भाग जलेको र अनुहार लगायत अन्य भागमा कुनै असर नगरेको डिएसपी कार्कीले केटिएम दैनिकलाई बताए । हाल उनको विएण्डसी अस्पतालमा उपचार भइरहको बताइएको छ ।