झापा । झापा प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको झण्डै १५ लाख मूल्य बराबरको साडीलगायतका लत्ताकपडा बरामद गरेको छ ।
आज बिहान १०:३० बजेको समयमा कमल गाउँपालिका-३ केर्खा स्थित पुर्व पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले टोलीले १४ लाख ८० हजार ७७८ मूल्य बराबरको कपडा बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।
पुर्वबाट पश्चिम तर्फ आउदै गरेको मे.१ज.२८०४ नं. पिकअपमा लोड गरिएको अवस्थामा तीन सामानहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले केटिएम दैनिकलाई बताए ।
प्रवक्ता रिजालका अनुसार गाडी चालक हल्दीबारी गाउँपालिका-२ बस्ने बर्ष २४ को जनक कर्मकारलाई नियन्त्रणमा लिइएको छ । अन्दाजी रु २० लाख पर्ने पिकअप गाडी सहित बरामद सामानहरू आन्तरिक राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।