सोफिया । बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेका छन् ।
आन्तरिक मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको थियो । आप्रवासीहरूलाई काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ । तिनीहरूमध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पताल भर्ना गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।