काठमाडौं । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले भान्छे, हजाम, सिलाइ/बुनाइ र कुचीकारका लागि १३७ जना माग गरेको हो ।
माग गरिएका मध्ये भान्छे ८२ जना, हजाम १५, सिलाइ/बुनाइ १०, कुचीकार ३० जना रहेको छ । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाइएको छ। नेपाल प्रहरीले साधारण लेखपढ गर्न जान्नेका लागि ठुलो सङ्ख्यामा जागिरका लागि दरखास्त आव्हान गरेको हो ।