औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।
फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ ।
अधिकृत स्तरको पदको लागि २१ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको र सहायकस्तर पदको लागि १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने आज गोरखापत्रमा प्रकाशित भएको सूचनामा उल्लेख छ ।
उक्त सूचनाअनुसार असोज २४ गतेभित्र दरखास्त दिन सकिनेछ ।