
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा कलाकारहरू सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ ।
२०७२ सालको विनाशकारी भुईँचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए ।
प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको ‘लाल बहादुर, द स्पार्क ‘मा सरिता राजोपाध्याय, लक्ष्मीनाथ सुवेदी, गीता थापा, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ ।
नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा, नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह निर्देशन, प्रनुप थापाको संवाद, ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, विवेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको संगीत रहेको छ ।
फाल्गुन पहिलो हप्ताबाट साप्ताहिक रूपमा प्रसारणमा आउने यो सिरिज जी मिडिया कनेन्कसनको युट्युब च्यानल र एक टेलिभिजनबाट एकसाथ प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ।
यस्तो छ ट्रेलर