
एजेन्सी । ब्लकब्लस्टर हुँदै शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेकाे छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ ।
यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो। फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो। पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन् ।
यशराज फिल्मसको ब्यानरमा बनेको शाहरुख अभिनित चलचित्र पठानले बलिउडमा आशा देखाएको फिल्मकर्मीहरुले टिप्पणी गरेका छन् ।