
संयुक्त सुकुम्बासी मोर्चा, नेपालले आज विभिन्न माग राख्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
सुकुम्बासी अभियान्ताहरुको अगुवाइमा माइतीघरमा भेला भइ प्रदर्शनकारीहरु र्याली सहित नयाँ बानेश्वर गएका छन्।
उनीहरूले भूमि अभियान्तामाथि लागेको झुटा मुद्दा निशर्त तत्काल फिर्ता गर्न माग गरेका छन् भने भु-स्वामित्व सहितको स्थायी विकल्प बिनाको उठिबास बन्द गर्न सरकारसँग माग गरेका छन् । साथै भुमिऐन बमोजिम सुकुम्बासीलाई लालपुर्जा बितरण गर्नुपर्ने उनीहरूको माग छ ।
काठमाडौ महानगरपालिकाले केही महिना अघि थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन प्रयास थाले संगै सुकुम्बासीहरु आन्दोलनमा उत्रिदै आएका छन् ।
तस्बिरहरू