एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् ।
उनको प्रस्तावकका रूपमा एमालेका नेता सुवास नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् । उनलाई नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सत्ता साझेदार दलहरुको समर्थन छ ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद् सचिवालयले समय दिएको छ ।
तस्बिरहरू