आइतबार बिहान पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा निधन भएकाहरूको सम्झनामा सोमबार साँझ काठमाडौंको माइतीघरमा दीप प्रजवलन गरिएको छ ।
विभिन्न ७ वटा सङ्गठनले आज साँझ माइतीघरमा दीप प्रज्वलन गरी शोक मनाएका हुन्।
दीप प्रज्वलनमा आएकाहरूले पुरानो प्लेन हटाउनु पर्ने, ज्यानलाई कमिसनको तराजुमा मोल गर्न बन्द गर जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
आइतबार बिहान काठमाडौंबाट पोखराको लागि उडेको यती एयरको बिमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेतो खोचमा दुर्घटनामा परेको थियो ।
उक्त विमानमा सवार चालक दलका चार सदस्यसहित कूल ७२ जनाको निधन भएको छ । वरिष्ठ क्याप्टेन कमल के.सी र पाइलट अञ्जु खतिवडाले उडाएको उक्त विमानमा १५ जना विदेशी नागरिक सवार थिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्यले खोज तथा उद्दार गरेर सबै शवहरू फेला पारेका छन् ।
तस्बिरहरू