समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सासंदहरूलाई आज निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
समानुपातिक मतमा तीन प्रतिशतको थेस्रहोल्ड कटाउन सफल सात दलबाट निर्वाचित भएका ११० जना सासंदहरूलाई आज आयोगले प्रमाणपत्र वितरण गरेको हो ।
नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सात, जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टीबाट समान पाँच/पाँच जना गरी ११० जना सासंदहरू समानुपातिक निर्वाचन प्रणालीबाट नियुक्त भएका हुन् ।
आयोगका सचिव गोकर्णमणी दुवाडीले नवनिर्वाचित सासंदहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् । उक्त कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, अन्य आयुक्तहरू र निर्वाचन कार्यालयका उच्च पदाधिकारीहरूको सहभागिता थियो ।
तस्बिरहरू