नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको रिहाइको लागि सो पार्टीले आज माइतीघरमा मौन प्रदर्शन गरेको छ ।
टिकापुर घटनामा दोषी ठहर भइ जन्मकैद सहित डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाई र सरकारले हालै ल्याएको अध्यादेसको समर्थन गर्दै नागरिक उन्मुक्ति पार्टीले आज माइतीघरमा मौन प्रदर्शन गरेको हो ।
पार्टीका केन्द्रिय सदस्य तथा सुदुर पश्चिम प्रदेस २ का प्रदेस सांसद रामेश्वर चौधरीको नेतृत्वमा पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले “न्याय देय रेशम जि लाई बाहिर देउ”, “हाम्रो देश राम्रो अध्यादेश”, “चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौ भनन् !”, “जनताको लागि लडेको जेलमै सड्नु परेको” लगयतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरी निर्वाचित भएका थिए । निर्वाचित भएपछि कैलालीमा आत्मसर्मपण गरेका चौधरी हाल जेल जीवन बिताइहेका छन् । उनी जेलमा रहेकाले यस क्षेत्र पाँच वर्षसम्म नेतृत्वविहीन भएको थियो भने यसपटक रेशमकै धर्मपत्नी रञ्जिता श्रेष्ठ यसै क्षेत्रबाट भारी मतान्तरले विजयी भएकी छन् ।
तस्बिरहरू