पाँचौँ राष्ट्रिय झण्डा दिवस शुक्रवार मनाइएको छ । राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल,श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले काठमाडौँमा र्याली निकालेको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, श्रद्धाबन नेपाल तथा राष्ट्रिय झण्डा दिवस समारोह समितिको आयोजनामा पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
आज माइतीघरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजन्द माण्डवेय, १०० ग्रुपका अध्यक्ष बब्लु गुप्ता, हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्त लगायतको नेतृत्वमा माइतीघरमा भेला भएर भद्रकाली,सहिद गेट हुँदै बसन्तपुरमा पुगी समापन भएको छ ।
तस्बिरहरू