भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ ।
मोहन बैध निकट नेकपा (क्रान्तिकारी माओवादी) को बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आज लैनचौर स्थित भारतीय दूतावास अघि प्रदर्शन गरेको छ । भारतले एकतर्फी रुपमा महाकाली नदी किनारमा पक्की बांध बाधी नेपाल तर्फ नदीको धार फर्काएको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले भारतीय अतिक्रमण र ज्यादतिका विरुद्ध नारा लगाएका थिए ।
साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् ।
उता दर्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाल-भारत सीमा नदीमा भारतीय पक्षले तटबन्ध निर्माण गर्न लागेको विषयलाई केही सञ्चारमाध्यम र राजनीतिक दलहरुले तथ्य नबुझेरै हल्ला फिजाँएको आरोप उनको छ ।
तस्बिरहरू