बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् । पाण्डे पाँच हजार ४३७ मतान्तरले निर्वाचित भएका हुन् ।
मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको क्रममा त्यहाँको त्रिवेणी नगरपालिका-७ मा प्रहरीको गोली लागेर नेपाली काँग्रेस समर्थक सञ्जीव अयडीको निधन भएको थियो ।
भोलीपल्ट आक्रोशित नेपाली काँग्रेसका कार्यकर्ताले निर्घात कुटपिट गर्दा एमालेका चेतन अयडीको उपचारको क्रममा निधन भएको हो ।