स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङ्ग विजयी भएका छन् । शुक्रबार राति सम्पन्न भएको मतगणनामा गुरुङ पाँच हजार ६२७ मतान्तरले विजयी भएका हुन् ।
गुरुङ्ले ३१ हजार ४६६ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा कुमारी अर्यालले २५ हजार ८३९ मत पाइन् । अघिल्लो निर्वाचनमा अर्याल सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङ्गले आठ हजार ११३ मत पाए ।
१६३ स्थानीय तहको नतिजा आउँदा निर्वाचित हुने महिलाको सङ्ख्या नौ रहेको छ अब बढ्ने सम्भावना पनि छैन ।