निर्वाचन सम्पन्न भइसकेपछि मृतक व्यक्तिको नाम मतदाता नामावलीमा समावेश भएको भनेर मतगणना रोकिएको स्याङ्जा क्षेत्र नम्बर २ मा बुधवार बेलुकादेखि मतगणना सुरु भएको छ ।
यस क्षेत्रबाट नेकपा एमाले सचिव पद्मा कुमार अर्याल र नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ्ग चुनावी प्रतिस्पर्धामा छन् । प्रारम्भिक मतगणनामा एमाले अर्यालले अग्रता लिएको भएपनि अहिले गुरुङ्गले अर्याललाई पछि पार्दै आफू अगाडि बढेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गुरुङ्गले सात हजार ९०७ मत पाउँदा अर्यालले पाँच हजार ८६३ मत पाएकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङ्गले दुई हजार २८८ मत ल्याएका छन् ।
गुरुङ्ग अहिले पद्मा भन्दा दुई हजार ४४ मतले अगाडि छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल १८० मतका साथ चौथो स्थानमा रहेका छन् । त्यहाँ अहिले मतगणना जारी छ ।