काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।
सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।
घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।
उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । झडप काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे घाइते भएका छन् ।
डोजरसहित वस्ती पुगेका नेपाल प्रहरी र महानगरको प्रहरीमाथि सुकुम्वासीहरु जाई लाग्दा प्रहरी प्रमुख पाण्डे घाइते भएका हुन । सुकुम्वासीको बस्ती पुग्नासाथ पाण्डेमाथि ढुंगा प्रहार गरेका थिए ।
पाण्डेको टाउकोमा चोट लागेको छ । उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।
थप तस्बिरहरू