ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले विजय र्याली निकालेकी छन् ।
कार्कीले बिहीबार अपरान्ह निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र लिएसँगै विजय र्याली निकालेकी हुन् । उनी पेशाले शल्यचिकित्सक हुन् । आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली आयोजना गरिएको जनाइएको छ ।
ललितपुरकै नख्खुमा हुर्के-बढेकी कार्की किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस (शल्य-चिकित्सामा स्नातकोत्तर) हुन् । उनीसँग नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको अनुभव पनि छ ।
राष्ट्रिय जीवनको सबै क्षेत्रमा ‘गुड प्राक्टिस’ गर्ने नीति-निर्माणको लागि दबाव बढाउन प्रतिनिधिसभा सदस्य बनेक उनको भनाइ छ ।
डा. तोसिमा कार्की ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।
पम्फा भुसाल यसअगाडि दुईपटक ललितपुर ३ बाट विजयी भएकी थिइन् ।
थप तस्बिरहरू