आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ ।
काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।
मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
अहिले अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा काठमाडौं १ को मतपेटिका ल्याउने काम भइरहेको छ । यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा न्मबर १०, ११, २९ र ३१ पर्दछन् । यस निर्वाचन क्षेत्रमा ४५ हजार १८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
यहाँबाट ११ स्वतन्त्रसहित ३२ जना चुनावी दौडमा रहेका छन् । तीमध्ये नेकपा एमालेका किरण पौडेल, सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका प्रकाश मान सिंह र राप्रपाका रवीन्द्र मिश्रबीच कडा टक्कर हुने आँकलन गरिएको छ ।
तस्बिरहरू