प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शुक्रबार मध्यरातिबाट यातायात बन्द गरिएपछि काठमाडौंका सडक सुनसान बनेका छन् । अत्यावश्यक र सवारीपास विनाका सवारीसाधन चलेका छैनन् भने आज सार्वजनिक बिदा पनि हो । प्रहरीका सडकमा चेकजाँच कडाइ गरेको छ ।
निर्वाचन आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचय पत्र बोकेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि निर्वाध रुपमा सवारी साधन चलाउन पाउने बताएको छ ।
उनले निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकन कर्ता, अनुगमन कर्ताको सवारी साधनले पनि अनुमति आवश्यक नपर्ने जानकारी दिए। सचिव दुवाडीका अनुसार फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटको सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, कुटनैतिक नियोग, युएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरुमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने सवारीसाधनलाई पनि अनुमति आवश्यक छैन।
यस्तै सूचना तथा प्रशारण विभाग, प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण अथवा त्यस्तै प्रकृतिको नियामक निकायले जारी गरेको प्रेस पास, प्रचलित कानुन बमोजिम दर्ता भइ प्रेस काउन्सिलमा दर्ता भइ सूचीकृत भएका सञ्चार निकायहरुको परिचय पत्रको आधारमासमेत सवारीसाधनको हकमा अनुमति लिनु नपर्ने व्यवस्था गरेको बताए।