चुनावको मुखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा रहेका भुमिहिनहरूले प्रदर्शन गरेका छन् ।
उपत्यकाका धेरै स्थानमा सार्बजनिक जग्गा अतिक्रमण गरि बस्दै आएका भुमिहिनहरुले आज सुनिश्चित बासको माग राख्दै प्रदर्शन गरेका हुन् ।
मंसिर ५ गते सम्म बागमती लगायतका नदी किनारबाट बस्ती खाली गराउन भन्दै केही दिन अघि अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता बिकास समितिले सुचना जारी गरे संगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका भुमिहिनहरु आन्दोलित भएका हुन् ।
प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो मानवअधिकार खोई?’, ‘उचित विकल्प सहित व्यवस्थापन हुनैपर्छ’, ‘भुमिहिन अव्यवस्थित समुदायमा बसोबास गर्ने महिलाको महिला अधिकार सुनिश्चित गर’, ‘हामी विकासका विरोधी होईनौ’, ‘सम्पूर्ण उठीवासको सूचना खारेज गर’, ‘उठिबासको त्रास कहिलेसम्म?’, ‘बिना विकल्प उठिबास बन्द गर’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
बिहीबार दिउँसो हजारौंको सङ्ख्यामा माइतीघरमा भेला भएका भुमिहिनहरुले सरकार समक्ष विभिन्न माग राख्दै माइतीघरमा भेला भइ नयाँ बानेश्वर पुगेर कोण सभा गरेका थिए ।
तस्बिरहरू