काठमाडौंमा आज सिन्दूरे जात्रा मनाईएको छ । काठमाडौंको चाबहिलमा उक्त जात्रा मनाईएको हो ।
कार्तिक शुक्ल पुर्णिमा देखि कात्तिक कृष्ण तृतियासम्म काठमाडौंको चाबहिलमा मनाइने चन्द्रविनायक तथा भैरवनाथको जात्रा आज सकिएको छ।
नेपालभाषामा ल्ह्वंसा गणेद्यः भनिने चन्द्र विनायकको जात्रा चार दिनसम्म चल्छ। हरेक वर्ष सकिमना पुन्हि अर्थात् कार्तिक शुक्ल पूर्णिमाका दिन चावहिल गणेशको जात्रा गरिन्छ। यो जात्रा देवमाला वंशावली अनुसार ने स ८००- ८०४ मा राजा भूपतिन्द्र मल्लकी कान्छी रानीले सपनामा देखी, सोही अनुसार हाडी गाउँको धन गणेशलाइ तानेर चाबहिलमा स्थापना गरि जात्रा चलाइएको मानिन्छ ।
हेरौं जात्राका तस्विर :