भक्तपुर ल्योसिंख्य (योसिंखेल) का किसानहरू अहिले बिस्कुन् सुकाउन ब्यस्त छन् । तिहारको अघि मंसिरे चटारो अर्थात धान भित्र्याउन उनीहरूलाई भ्याइनभ्याइ भएको हो । तिहारको लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरू यतिबेला धान भित्र्याउन हतारिएका हुन् ।
ल्योसिंख्य टोलका करिव ५० घरधुरीले एकै ठाउँमा बिस्कुन् सुकाउँने गर्दछन्। अहिले भक्तपुरका खाली चोक तथा आँगनहरु धानको बिस्कुन् ले भरिएको देख्न सकिन्छ । असारमा रोपेको धान भित्राउन अहिले भक्तपुरे किसानलाई भ्याइनभ्याइ छ । शहरीकरण र जग्गा प्लटिङले गर्दा धान उत्पादन घट्दै गएको छ ।
तथ्यांक अनुसार भक्तपुर जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ४ हजार ६ सय ४८ हेक्टर क्षेत्रमा धान रोपिदै आएको छ। भक्तपुरमा सरदर प्रत्येक बर्ष प्रतिहेक्टर ६ दशमलव २ टन धान उत्पादन हुने गर्दछ।
तस्बिरहरू