अभिनेता दयाहाङ राई र गायिका बेनुका राईले पहिलो सन्तान भएको १० वर्षपछि पुन एक सन्तानको अभिभावक बनेका छन् । दयाहाङ राई पत्नी बेनुकाले शुक्रबार छोरालाई जन्म दिएकी हुन्।
काठमाडौंको बसुन्धारास्थित इशान अस्पतालमा बेनुकाले दस वर्षपछि दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन्। दयाहाङको यसअघि नै एक छोरा छन्।
नेपाली फिल्म क्षेत्रमा व्यस्त कलाकारको रुपमा चिनिएका उनी फूलबारी फिल्मको सुटिङमा व्यस्त छन्। ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘फूलबारी’ सेटबाट दयाहाङ सिधै अस्पताल पुगेका हुन् । अहिले उनी अस्पतालमै रहेर पत्नीको स्याहारमा छन् ।