अभिनेता पल (पूर्णविक्रम) शाहको आइतबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो ।
तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।
न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भएको उनको भनाईं छ ।