नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज असोज १ गते उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ ।
पदयात्राको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट हजारौँ मानिसहरूको सहभागितामा पदयात्रा सुरु भएको हो ।
सबैतिरका पदयात्रा शहीद गेटमा मिसिई वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।
हेरौं केही तस्बिरहरू