काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै गरेको कार दुर्घटनामा परेको छ । आज बिहान अन्दाजी ७:०० बजे को समयमा चौतारा साँगाचोकगढी न.पा.११ पोखरे स्थित चौतारा बन्देउ सडक खण्डमा बा ४ च ५६७७ नं.को कार दुर्घटनामा परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी शिव बुढाथोकीले केटिएम दैनिकलाई बताए ।
मारुती सुजुकी कम्पनीको उक्त कार आफै अनियन्त्रित भई सडकबाट १५० मिटर तल झरेको हो । दुर्घटनामा उक्त सवारी साधनमा सवारमा सवार चार जना घाइते भएका छन् भने कारचालक सहित दुईको अवस्था गम्भिर छ ।
घाइते हुनेमा सिन्धुपाल्चोकको ईन्द्रावति गाउपालिका- २ बस्ने बर्ष ४२ को बसन्त गिरि, सोही स्थानको वर्ष ३१ को प्रतिमा गिरी, कार चालक जिल्ला दोलखाको भिमेश्वर नगरपालिका-२ बस्ने बर्ष २८ को सोनाम तामाङ र सोही ठाउँको राजेश तामाङ छन् ।
घाइतेमध्ये कार चालक र राजेश तामाङको अवस्था गम्भिर देखिएकाले थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको डिएसपी बुढाथोकीले बताए ।
अपडेट: काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै गरेको *कार दुर्घटनामा एक जनाको निधन
आज बिहान काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै गरेको कार दुर्घटनामा परेर घाइते भएकामध्ये...
शनिवार, असोज १ २०७९* यसअगाडिको समाचारमा कार हुनुपर्नेमा ठाउँमा ट्याक्सी भएको हुनाले त्यसलाई सच्चाइएको छ । सम्पादक