काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गरे
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता ढंगोलले पनि पूजामा सहभागी जनाएका थिए । उनीहरुले शुक्रबार बसन्तपुरमा ईन्द्र जात्रा सुरु गर्नुभन्दा पहिलो दिन पूजामा सहभागी भएका हुन् । उनीहरुले पुजारीको हातबाट टिका र प्रसाद पनि ग्रहण गरेसंगै कुमारी घरमा पुगेर दर्शन पनि गरेका थिए ।
यो पर्व देवराज इन्द्रको पूजा अर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने प्रचलन रहेको छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीको दिन लिङ्गो ठड्याएर इन्द्र जात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ ।
पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि सहकालका देवता इन्द्रप्रति कृज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्वित गर्दछ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवम् संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिइन्छ ।
८ दिनको जात्रामा विशेष कुमारी, गणेश, भैरव लगायत श्री लाखे आजू, श्री आकाश भैरव, श्री पुल्किसी आजू, श्री इन्द्रचोक आकाश भैरव, स्वेत भैरव लगायत विभिन्न देविदउताहरुको प्रदर्शन गर्ने र नाचहरु हुने र मूल जात्रा कुमारीको, गणेश र भैरवको रथ यात्रा हुनेछ ।
हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
तस्बिरहरू