काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरुको पुजा गरी कुमारी पुजा मनाइएको छ ।
बालकन्यालाई कुमारी पुजा गराइ प्रसाद ग्रहण गर्नाले विभिन्न रोगव्याधीबाट बँच्न सकिने जनविश्वास रहिआएको छ ।
कुमारी पुजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा वाधा अड्चन हट्ने समेत विश्वास रहदै आएको छ। विगतका बर्षहरु देखि विश्व हिन्दु महासंघको आयोजनामा हनुमानढोका दरबार परिसरमा इन्द्रजात्राको दोस्रो दिन कुमारी पुजा हुँदै आएको छ ।
विधिवत पुजा सकिएपछि सांस्कृतिक बाजागाजासहित कुमारी पुजामा सरिक बालिकाहरुलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारस्थित मुलचोक, नासल चोक तथा वरपरका देवीदेवताको दर्शन गराइएपछि कुमारी पुजा समापन गरिन्छ ।
तस्बिरहरू