नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवार छनौट गरेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र ४ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको हो ।
क्षेत्र ३ बाट प्रत्यक्षमा नेकपा एमालेका पोलिटव्युरो सदस्य जुली कुमारी महतोको नाम एकल सिफारिस भएकी छन् । त्यस्तै क्षेत्र नम्बर ४ बाट एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई सिफारिस गरेको छ ।
पार्टीको सम्बन्धित क्षेत्रीय कमिटीहरुको आइतबार बसेको बैठकले महासेठ दम्पतीको नाम सिफारिस गरिएको नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । क्षेत्रहरुमा उनीहरु वाहेक कसैले इच्छा नराख्दाँ उनीहरुको नाम सिफरिस भएकोले उनले बताए । पूर्वमन्त्री समेत रहेकी महतो नेता महासेठका धर्मपत्नी हुन् ।
क्षेत्र नम्बर ३ र ४ बाट प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरिए पनि समानुपातिक तर्फका नाम अझै सिफारिस हुन नसकेको उनले बताए । पार्टीले भदौ २२ गतेसम्म सिफारिस गर्न समय दिएकोले अहिले बाँकी क्षेत्रीय कमिटीहरुको उम्मेदवार छनौटको विषयमा छलफलमै रहेको उनले बताए ।
र यो पनि :