काठमाडौं महानगरपालिकाले अवैध संरचनालाई कार्यलाई तीव्रता दिएको छ । आज महानगरपालिकाको टोलीले नारायण चौर नक्साल मा रहेको बैंक अफ काठमाडौं रहेको भवनको स्थलगत अनुगमन गरेको छ ।
भवनका केही संरचना नक्सा बिपरित रहेको पाइएकोले नगरपालिका ले अनुगमन गरेको कामपा प्रहरी प्रमुख राजु पान्डेले बताए । अब नक्सा भिडाएर सोही अनुसार गरिने कारबाही गरिने उनले बताए ।
आइतबार महानगरको टोलीले भोटाहिटी सववे मा बनेका अनधिकृत संचरना भत्काएको थियो भने सोमबार महानगरको टोलीले न्यूरोडस्थित सुरज आर्केड पुगेर त्यहाँको अवलोकन गरेको थियो । ब्यापारीहरूले समय मागेपछि २४ घन्टाको समय दिएर फर्किएको थियो ।
यसअघिनै पटक पटक समय दिएर सूचना निकाले पनि व्यापारीहरूले अटेरी गरेपछि महानगरको टोलीले नक्शा अनुसार नबनेका र एक प्रयोजनको लागि बनाइएका भवनहरू अर्कै प्रयोजनमा प्रयोग हुन थालेपछि अनुगमनलाई तिब्र पारिरहेको छ ।
तस्बिरहरू