काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउने कामलाई निरन्ता दिँदै आज भोटाहिटी सववे मा बनेका अनधिकृत संचरना भत्काउन थालेको हो ।
केही दिनअगाडि एक टेलिभिजन च्यानलले सववे मा अनधिकृत संचरना बनाएर ठेकेदारले फाइदा लिँदै आएको एक रिपोर्ट प्रशारण गरेको थियो ।
आज महानगरका नगरप्रहरीहरूले भोटाहिटीमा रहेको सबवे संगै बनेको अबैध संरचना भत्काउन सुरु गरेका हुन् ।
अन्यन्त्र डोजर चलाएर संचरना भत्काउने गरिएको भएतापनि त्यहाँ भने ट्राफिक चाप बढि भएकाले महानगर प्रहरीहरूले खन्ती, घन लगायतका औजारहरूको प्रयोग गर्दै अनधिकृत संरचना भत्काएका हुन् ।
सववेको प्रवेश तथा निकासद्वार पुरै व्यापारीहरुले सामान सजाएर ढपक्कै छोपेका हुन्थे । बल्ल तल्ल सववेको भित्र प्रवेश गर्दा पनि कुनै मिनी मार्केट गए जस्तो हुन्छ भान हुन्थ्यो ।
फुटपाथ यात्रुहरुको सहजताका लागी बनाईएका सववे जुन उदेश्यले बनाईएको हो त्यो भन्दा व्यापारीक प्रयोजनमा बढी प्रयोग भइरहेको भन्दै महानगरले सबवे मा रहेका पसलहरु पनि हटाउन सुरु गरेको छ ।
तस्बिरहरू