सडक ब्यापारीहरुले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग सहित आज काठमाडौ महानगरपालिकाको कार्यालय अघि प्रदर्शन गरेका छन् ।
काखमा बालबालिका बोकेर पुगेका व्यापरीहरूले स्वरोजगार भई जिविकोपार्जन गर्दै आइरहेकोमा राज्य प्रशासनद्वारा गरिदै आएको अमानवीय व्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
“स्वतन्त्र राष्ट्रबादी स्वरोजगार श्रमिक संघर्ष समिती” को ब्यानगरमा आज उनीहरुले र्याली सहित प्रदर्शन गरेका छन् । कालिमाटी मा भेला भइ नारा र्याली सहित आएका सडक व्यपारीहरूले महानगरपालिकाको कार्यालय अघि मेयर बालेन्द्र शाह बिरुद्ध नाराबाजी समेत गरेका छन् । उनीहरूले तीन बुँदे ज्ञापनत्र पत्र बुझाउँदै सात दिनभित्र माग पुरा नभएर थप आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
उनीहरूले सडक किनारमा स्वरोजगार गरिरहेका सम्पुर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनु पर्ने । सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाइ मापदण्ड बनाइ समुचित व्यवस्थापन राज्यले गर्नुपर्ने, बिना विकल्प विस्थापित गर्न नपाइने माग गरेका छन् ।
साथै उनीहरूले राज्य प्रशासनका तर्फबाट भैरहेको अमानवीय गतिविधिहरु बन्द गरेर स्वरोजगार श्रमिकहरु र राज्यका बिचमा भएका सम्झौता हरु कार्यान्वयन गर्नु पर्ने स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिका संयोजक शिशिर भट्टले बताए ।
तस्बिरहरू