श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी मनाइँदै छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रुपमा पुजिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा आजकै दिन अर्थात भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।
यस दिन देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–अर्चना गर्न भक्तजनको भिड लाग्ने गर्द्छ ।
भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेको धार्मिक मान्यता रहिआएको छ।
आजकै दिन ललितपुर पाटनको मंगलबजारमा रहेको कृष्ण मन्दिर, काठमाण्डौको गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठमा रहेको कृष्ण मन्दिरमा र देशभरका अरु कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
आज व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभरि जाग्राम बसेर श्रीकृष्णको भजन गाउने गरिन्छ ।
केटिएम दैनिकका फोटो पत्रकारले ललितपुरको पाटनमा पुगेर खिचेका केही तस्विरहरू