नेपाल प्रेस युनियनको हेटौँडामा जारी नवौँ महाधिवेशनमा निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गरेको छ ।
शुक्रवार मध्यरातमा प्रकाशित भएको अन्तिम नामावलीमा अध्यक्ष पदको लागी अनिता विन्दु, भुवन भट्ट र शिव लम्सालले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नवौँ महाधिवेशनको लागि प्रस्ताव गरिएको मस्यौदा विधानमा केही नयाँ पदहरू सिर्जना गरिएका छन् । आठ वर्षपछि हुन लागेको महाधिवेशनमा धेरै आकाङ्क्षी भएपछि केही पदहरू थप गरिएको छ ।
२०७ जनाको मनोनयन
निर्वाचित समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार १२१ पदको लागि २०७ जनाले उम्मेदवारी दिएका छन् । यीमध्ये ३२ जना निर्विरोध चयन भएका छन् भने बाँकी रहेका पदहरूमा मतदान हुनेछ ।
मतदान हुँदा सबैभन्दा रोचक केन्द्रीय सदस्य (खुला) मा हुने देखिएको छ । १५ पदको लागि ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।
३२ जना निर्विरोध
महाधिवेशनमा ३२ जना निर्विरोध चयन भएका छन् । निर्विरोध हुनेमा धेरैजसो महिला पदहरू रहेका छन् । निर्वाचित समितिका अनुसार उपाध्यक्ष एक जना, सचिवमा तीन जना, केन्द्रीय सदस्यमा २६ जना र लेखा समिति सदस्य (महिला) मा दुई जना गरी ३२ जना निर्विरोध भएका हुन् ।
उपाध्यक्ष (समावेशी) मा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित हुँदा, सचिव (थारु) मा सहदेव चौधरी, सचिव (अनलाइन माध्यम) मा छायाचन्द्र भण्डारी, सचिव (टेलिभिजन माध्यम) मा अशोक कुमार तिवारी निर्विरोध भएका हुन् ।
त्यस्तैगरी केन्द्रीय सदस्यमा सुधा देव, छविलाल माल (कुमाल), निमा वाङ्गेल लामा, सुवास कुमार सुनुवार, रीता कुमारी मगर, जेवीका कार्की, बालिका शिवाकोटी, लक्ष्मीमान चौधरी, अञ्चजना चौधरी, नारद कोहार, कौरव खत्री, कमला कुमारी चौधरी, शुशिला संग्रौला, सप्सरा पुडासैनी, निलिमा पौडेल, आत्मा गुरागाईँ, रमा लुईँटेल, कुष्ण कुमारी ढकाल, माया कुमारी अधिकारी, नारायणी रजौरे, सुशिला रेग्मी, जमुना न्यूरे, निर्मला भट्ट, तेजना पण्डित निर्विरोध निर्वाचित भएका हुन् ।
केन्द्रीय लेखा समिति तर्फ पुजा शर्मा र सृजना कुमारी गौतम निर्विरोध भएका छन् ।
केही पदहरूमा उम्मेदवार निर्वाचित हुने भन्दा कम सङ्ख्यामा मनोनयन दर्ता भएको छ ।
केन्द्रीय सदस्य अन्तरगत मधेसी महिला, आदिवासी/जनजाति महिला, थारु खुल्ला, उपत्यका महिलामा दुई दुई जना निर्वाचित हुनुपर्नेमा एक/एक जनाको मनोनयन परेपछि उनीहरू स्वतः निर्विरोध भएका हुन् । ती पदहरूमा एक/एक जनाको सिट खालि नै रहने भएको छ ।
उपत्यका महिला पदमा पनि एकजनाको मात्रै मनोनयन पर्नुलाई भने अलिक अनौठो मान्नुपर्ने हुन्छ ।
हेटौँडामा सिर्जना गरिए नयाँ पदहरू
नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको लागि प्रस्तावित विधानमा उल्लेख भएभन्दा केही पदहरू थप गरिएको छ । केही पदहरूमा निर्वाचित हुनेको सङ्ख्या बढाइएको छ भने केही नयाँ पदहरू सिर्जना गरिएको छ । सचिव (खुला)मा निर्वाचित हुने सङ्ख्या तीनबाट बढाएर चार पुर्याइएको छ भने सचिव महिलामा दुईबाट बढाएर तीन पुर्याइएको छ ।
सचिवमा चार वटा नयाँ पदहरू सिर्जना गरिएको छ । सचिव (अनलाइन माध्यम), रेडियो माध्यम, टेलिभिजन माध्यम र छापा माध्यम थप गरिएका पदहरू हुन् ।
यस्तो छ अन्तिम नामावली