पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या एक हजार १७१ पुगेको छ ।
जसमध्ये १ हजार १४८ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।