आजाद मोर्चले महिला हिंसा बिरुध्द माईतीघरमा प्रदर्शनी गरेको छ । विभिन्न भाषाका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
यौनहिंसामा राखिएको हदम्याद हटाउन पनि उनीहरूले माग गरेका छन् । ५० वर्ष नै होस् तर सजाउँ पाउनै पर्छ लेखिएको प्लेकार्ड एक सहभागीले बोकेकी थिइन् ।
सबै शहरहरूमा महिला हिंसाहुनेतर्फ इंगित गर्दै एक सहभागीले भागेर जाऊँ, कुन ठाऊँ जाऊँ, महिला हिंसा नहुने शहर हुँदैन लेखेको प्लेकार्डको बोकेका थिए ।
सञ्चारमाध्यममा कार्यरत महिला सञ्चारकर्मीहरूमाथि नै यौन हिसांका घटनाहरू सार्वजनिक भैरहेको समयमा त्यसलाई इंगीत गर्दै प्रदर्शनमा सहभागीले सम्पादक ज्यू, के तपाईको न्यूज रुम सुरक्षित छ? लेखिएको प्लेकार्ड समेत राखिएको थियो ।
पछिल्लो समय घरेलु हिंसा र कार्यालयमा हुने यौनजौन्य हिंसा र बिभेदको घटना निरन्तर बाहिर आउन थालेपछि सडकबाट नै बिद्रोह सुरु गरेको आजाद नेपालका प्रतिनिधिले जानकारी दिए ।