चीनको सांघाइमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ। कोभिड १९ का संक्रमितहरु बढेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ।
यी संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ। हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन्। चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ। चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ।
यहाँको स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण निधन भएको छ। ती ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ।