भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा आइतबार साँझ ५ बजे केबलकार दुर्घटना भएको थियो। दुर्घटनामा परेका ४८ जनामध्ये हालसम्म ४२ जनाको उद्धार गरिएको छ। त्यहाँ हालसम्म २ जनाको मृत्यु भएको छ। हाल उद्धार कार्य जारी छ।
बाँकी फसेका मानिसलाई खाना र पानी ड्रोनमार्फत पुर्याइएको सञ्चारमाध्यममा उल्लेख छ।
भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा रामनवमीमा पूजा गर्न र घुम्न सयौं मानिस गएका थिए। यसै क्रममा रोपवेबाट तल आइरहेको र माथि गइरहेको केवलकारको डब्बा ठोकिएको थियो। सो समय २ दर्जन जति केवलकारका डब्बा रोपवेमा थिए। घटनामा कयौं मानिसलाई सुरक्षित निकालियो।
घटनामा फसेका मानिसहरुको भारतीय इयरफोर्स, सेना, एनडीआरएफ आइटीबीपी र स्थानीय प्रशासनको टोलीले उद्धार जारी राखेको छ।