वाणी, व्यापार र बुद्धिको कारक बुध ग्रह १८ मार्चमा अस्ताएको छ । अब २४ मार्चमा राशि परिवर्तन हुँदैछ। बुधको यो परिवर्तनका कारण केही राशिका लागि लाभको योग रहेको छ । २४ मार्चमा बुध मीन राशिमा प्रवेश गर्नेछ। जहाँ सूर्य भगवान पहिले देखि नै उपस्थित छन्। सूर्य र बुधको संयोगले बुद्धादित्य योग बन्नेछ । बुध ग्रहको राशि परिवर्तनले केही राशि भएका व्यक्तिहरूको जीवनमा उल्लेखनीय परिवर्तन हुनेछ।
वृष
बुद्धादित्य योगबाट मानसिक शान्तिमा बाधा पुग्न सक्छ । यस्तो अवस्थामा मानसिक शान्तिका लागि प्रयास गर्नुपर्छ । नोकरीमा विशेष परिवर्तनको योग छ । आर्थिक हानि हुनसक्छ । जीवनशैलीमा परिवर्तन आउनेछ । तपाईंले आफ्नो जीवनसाथीसँग राम्रो सम्बन्ध कायम राख्नुपर्नेछ।
कर्कट
आत्मविश्वासमा कमी आउन सक्छ। क्रोधबाट टाढा रहनुपर्छ। काममा बाहिरी व्यक्तिलाई विश्वास नगर्नुहोस्। आर्थिक लगानीमा घाटा हुन सक्छ । बुध परिवर्तनको अवधिमा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। जीवन साथीसँग मनमुटाव हुन सक्छ।
मिथुन
बुधको यो राशि परिवर्तन मिथुन राशिका लागि लाभदायी रहनेछ । व्यापारमा लाभको प्रबल सम्भावना रहनेछ । आर्थिक स्थितिमा सुधार आउन सक्छ। करियरमा राम्रो परिवर्तन आउनेछ ।
तुला राशि
बुधको राशि परिवर्तनले पारिवारिक जिम्मेवारी बढ्नेछ। राशि परिवर्तनको समयमा मन अशान्त रहन सक्छ। साथै स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । यस बाहेक लेनदेनमा सावधानी अपनाउनु पर्ने देखिन्छ। धन हानि हुन सक्छ।
वृश्चिक
बुधको राशि परिवर्तनले मन विचलित हुन सक्छ। स्वास्थ्यमा सजग रहनुपर्छ । जागिरमा थप काम पाउन सकिनेछ । परिवारमा विवाद हुन सक्छ। काममा फेरबदलको योग छ । तपाईंले केही आर्थिक कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ। बुधको गोचरमा धैर्यता अपनाउनुपर्नेछ।