पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् ।
उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् ।
प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् ।
उनीहरुले यस बिषयमा गम्भीर हुन्, नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् ।
यसै क्रममा हास्य कलाकार दीपक राज गिरीले पनि आफ्नो भनाइ सार्वजनिक गरेका छन् । उनले सत्यको पक्षमा बोल्ने मान्छे एकदमै कम हुन्छन् भनेर आशय राखेका छन् ।
उनी भन्छन्, ‘६० प्रतिशत मान्छे जता भिड छ उतै लाग्छन्, तालि खान्छन् ! ३० प्रतिशत मान्छे आफूलाइ परे मात्रै बोल्छन् र १० प्रतिशत मान्छे मात्रै अन्याय बिरूद्द बोल्ने साहस राख्छन् ।’
नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। बलात्कारको आरोपमा तनहुँ प्रहरी कार्यालयमा आफूविरुद्ध जाहेरी दर्ता भएपछि भाग्दै हिँडेका पल शाह पाँच दिनपछि गत आइतबार प्रहरीको सम्पर्कमा आएका थिए।
प्रहरीको सम्पर्कमा आएपछि उनलाई हिरासतमा लिई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पल शाह तनहुँ प्रहरीको हिरासतमा रहेसँगै अहिले दमौलीमा अनलाइन, यूट्युवर र टिकटकरहरूको भीड लाग्ने गरेको छ भने सामाजिक सञ्जाल पनि अभिनेता पल शाहमय बनेको छ।