अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् ।
आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा उनीविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।
तनहुँमा जाहेरी परेपछि सम्पर्कविहीन भएका पल शाहले फेसबुक मार्फत आफूलाई फसाउन केही साथिहरूले षडयन्त्र गरेको भन्दै छ वटा अडियो क्लिक सार्वजनिक गरेका थिए ।
कानुनी रुपमा प्रहरीसामू उपस्थित हुनुपर्नेमा सामाजिक सञ्जालमा अडियो सार्वजनिक गरेर आफूप्रति सहानुभूति बटुल्न खोजेका अभिनेता शाहले आज प्रहरीसामू उपस्थित हुने बताएका हुन् ।
उनले आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेर सम्पर्कविहीन भएको लेखेका छन् ।