नायक पल शाह वास्तविक नाम पूर्णविक्रम शाहलाई पक्राउको गर्ने तयारी भएको छ । नाबालिक गायिकामाथि यौनजन्य अपराधको किटानी जाहेरी परेपछि नायकलाई पक्राउको तयारी भएको प्रहरी स्रोतले केटिएम दैनिकलाई बतायो ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रहरीमा उनीविरुद्ध नाबालिक गायिकाका बुवाले जाहेरी दर्ता गरेका हुन् । जाहेरीमा विभिन्न मितिमा तीनपटक जवरजस्ती करणी गरेको उल्लेख छ । अन्तिम पटक करणी भएको स्थान तनहुँ भएको हुँदा त्यही जाहेरी दिइएको हो ।
प्रहरीले जाहेरी लिएसँगै अनुसन्धानका लागि पहल शाहलाई पक्राउको तयारी भएको बुझिएको छ । पल शाहलाई तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित हुन भनिने र नआए पक्राउको तयारी गरिएको प्रहरी स्रोतले बतायो ।
नायक पल शाहको अभिनय रहेको चलचित्र म यस्तो गीत गाउँछु-२ रिलिज हुनुअघि उनीविरुद्ध जाहेरी परेको हो । शुक्रबारबाट उक्त चलचित्र प्रदर्शनमा आउनेछ ।