अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएपछि नाबालिका गायिकाले मेडिकल चेकअप गरेकी छन् ।
अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएलगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी अधिकारीले त्यहाँस्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । पीडितका बाबुले दिएको जाहेरीमा विभिन्न मितिमा तीनपटक जवरजस्ती करणी गरेको उल्लेख छ । अन्तिम पटक करणी भएको स्थान तनहुँ भएको हुँदा त्यही जाहेरी दिइएको हो ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।
जाहेरीमा माया प्रेमको झुठा नाटक गरी जवरजस्ती गर्ने गर्ने पल शाहलाई मुलुकी अपराध संहित २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडा भन्दा कडा कारबाही गरी कानुन बमोजिम सोही संहिताको दफा २२८ बमोजिम पीडीतलाई उचित क्षतिपूर्ति समेत दिलाउन माग गरिएको छ ।
नायक पल शाहको अभिनय रहेको चलचित्र म यस्तो गीत गाउँछु-२ रिलिज हुनुअघि उनीविरुद्ध जाहेरी परेको हो । शुक्रबारबाट उक्त चलचित्र प्रदर्शनमा आउनेछ ।
* सच्चाइएको : यसअगाडि प्रकाशित समाचारमा पीडितको नाम भुलबस परेको हुनाले यसलाई सच्चाइएको छ ।