कुनै पनि मुलुक प्रगतिको दिशामा चम्कनु र दुर्गतिको दिशामा लम्कनु मा मुख्य भूमिका राजनीति को हुन्छ । राजनीतिसँग राज्य व्यवस्था भयको हुँदा यी सबै मा मुख्य स्थान राजनीति कै हुन्छ ।
राजनीतिमा धमिराको वासस्थान सुरु हुन्छ तब मुलुक सबै कुराले टाट पल्टिँदै जान्छ । यसो भएको हुँदा राजनीति सही हुन आवश्यक छ । नेपालको सन्दर्भमा कुरा गर्दा आज राजनीति नै कतै चुकेको हामी देख्छौ । आज राज्यका सबै अंगहरुमा रमिता छ । न्यायालय, प्रशासन, संसद्, सबै तिर । यस्तो किन ? एउटा प्रश्न उठ्यो । यसको समाधान कसरी ? यी र यस्ता प्रश्न हरू को उत्तर प्रस्ट रूपमा भन्दा सही राजनीति नै हो । यस कारण आजको नेपालको प्रमुख समस्या नै दलाल राजनीति हो भन्न सक्ने आधार छन् ।
दलाल राजनीति ?
दलाल राजनीतिको कुनै हामीले शास्त्रीय परिभाषा खोज्दा त नभेटिन सक्छ तर वस्तुगत राजनीति लाई सूक्ष्म ढंग बाट केलाएर हेर्ने हो भने यसको परिभाषा दिन भने कठिन नहुन सक्छ । दलाल राजनीति भन्नाले विचार बाट स्खलित, विधि, नीति र पद्धति बाट विचलित नाफा मूलक राजनीति अथवा स्वार्थ केन्द्रित राजनीति नै दलाल राजनीति हो ।
क्रान्ति भनेको काटमार गुन्डागर्दी, लुटपाट र समाजमा अराजक गतिविधिले रमाउने काम हो भन्ने आमजनता को बुझाइ छ । यो विगतका क्रान्तिका नामको गतिविधिको उपज हो । यो मुलत सत प्रतिशत गलत बुझाइ हो । मुलत क्रान्ति भनेको समग्र पुराना संरचना लाई समाप्त पार्दै नयाँ संरचना आधारभूत रूप मै परिवर्तन गर्ने प्रक्रिया को पहिलो चरण वा अवस्था हो
सुशासनलाई लत्त्याउँदै अराजकताको बुई चढेर राज्य संयन्त्रमा र समाजमा अराजकता फैलाउने राजनीति नै दलाल राजनीति हो । यसैले आजको नेपालको मूल समस्या नै दलाल राजनीति वा दलाली करण हो । आज नेपालका कुनै पनि पार्टी र ती पार्टीका नेताहरू अपवाद बाहेक देश र जनता भन्दा निजी स्वार्थ केन्द्रित राजनीतिमा केन्द्रित छन् भन्ने सबुतहरू छन् ।
विचार एउटा बोकेको छ, सङ्गठनको विधि, विधान, पद्धति एकातिर छ भने नेतृत्व अर्कातिर हुनु नै दलाल राजनीति हो भन्न सकिन्छ । यसैका कारणले आज सिङ्गो मुलुक नै विभिन्न किसिमका समस्याहरूबाट गुज्रिरहेको हामी देख्छौ ।
जनताका दैनिक उपभोग वस्तुको मूल्य दिन प्रतिदिन आकासिँदो छ, राज्यको व्यापार घाटा प्रत्येक दिन उकालो लाग्दै छ, मुलुकको आन्तरिक उत्पादन शून्य छ, उद्योगधन्दा प्राय बन्द छन्, आम जनता एक छाक खान र एक सरो राम्रो लाउन अर्काको गुलाम हुन बाध्य छन्, मुलुकको अर्थतन्त्रमा निर्यात भन्दा आयात तिन चार गुणा बढी देखिन्छ । देश भ्रष्टाचारले कोमामा छ ।
मुलुक यस्तो जर्जर भयका अवस्थामा हुँदा मुलुक को नेतृत्व गर्ने मुख्य पार्टी र पार्टीका नेताहरू भने व्यक्तिगत स्वार्थ भन्दा बाहिर नगएर निजी स्वार्थमा रमाएको देखिनु मुलुकका लागि दुर्भाग्य हो भने जनताका लागि निराशा हो ।
पछिल्लो समयमा नेपाली राजनीतिमा जुन खालको चटक हामीले देखेका छौ यो दलाल राजनीतिको पराकाष्ठा हो भन्न सक्ने आधारहरू तमाम छन् । जनताका समस्या का बारेमा छलफल गर्ने थलो आज बन्धक छ, न्यायालय अन्योलमा छ कार्यपालिका गुमनाम छ । यस्ता क्रियाकलापले लोकतान्त्रिक व्यवस्था माथि नै प्रश्न उठाएको छ । यस्ता खालका क्रियाकलापले बहिर्गमनको बाटो समात्दैन भन्न कमै सकिन्छ ।
स्वार्थ केन्द्रित राजनीति वा दलाल राजनीतिको मूल चरित्र यही नै हो । यस कारण आजको नेपालको मूल अन्तर्विरोध नै दलाल राजनीति हो । यसैका कारण ले आज मुलुक का सबै क्षेत्रतिर यसले दलाली करणमा टेवा पुर्यायो । अर्थतन्त्र, राजनीति, कूटनीति र समाज सबै तिर आज यही नै देखिन्छ । यसैले आजको मूल अन्तर्विरोध नै दलाली करण वा दलाल राजनीति हो भन्न सक्ने आधारहरू तमाम छन् ।
अर्को डोज क्रान्ति किन ?
क्रान्ति भनेको काटमार गुन्डागर्दी, लुटपाट र समाजमा अराजक गतिविधिले रमाउने काम हो भन्ने आमजनता को बुझाइ छ । यो विगतका क्रान्तिका नामको गतिविधिको उपज हो । यो मुलत सत प्रतिशत गलत बुझाइ हो । मुलत क्रान्ति भनेको समग्र पुराना संरचना लाई समाप्त पार्दै नयाँ संरचना आधारभूत रूप मै परिवर्तन गर्ने प्रक्रिया को पहिलो चरण वा अवस्था हो । यस कारण आजको नेपाली समाजको सामाजिक अन्तर्विरोध हल गर्न, राजनीतिक दलाली करण हल गर्न, आर्थिक दलाली करण हल गर्न र सांस्कृतिक सामन्तवाद लाई पाखा लगाएर नयाँ युगको सुरुवात गर्न नयाँ स्वरूपको जनताको जनवादी विद्रोह आजको आवश्यकता हो भन्न सकिन्छ ।
राजनीतिक अराजकता, आर्थिक दलाली करण र सांस्कृतिक सामन्तवाद को आधारभूत संरचना नै परिवर्तन नरहे सम्म यो समस्या आइरहने छ । यसैले जनमुखी राजनीति, उत्पादन मूलक अर्थतन्त्र, र समानतामुखी समाज निर्माण गर्नको लागि नेपाली जनताले क्रान्तिको बिगुल फुक्न जरुरी छ भन्न सक्ने आधारहरू तमाम छन् ।
यसैले आजको मूल मूल समस्या भनेको नै दलाली करण हो । जब राज्य अराजकता मा रमाउँछ, तब जनताले त्यसको विकल्प खोज्ने गर्दछन् । यो इतिहासले देखाएको तस्बिर हो । यसैले दलाली करण विरुद्धको जनताको विद्रोह नै आजको आवश्यकता हुन सक्छ ।