नेकपा माओवादी केन्द्र समर्थित योङ कम्युनिस्ट लिग (वाइसिएल) का कार्यकर्ताहरुले एमसीसीको विरोधमा नयाँ बानेश्वर एभरेष्ट होटल अगाडि प्रदर्शन जारी राखेका छन् ।
प्रहरीले लगाएको निषेधित घेरा तोड्न सफल भएका वाइसिएलका कार्यर्ताहरूले प्रहरीमाथि ढुंगा बर्साउन थालेका छन् ।
प्रहरीले भिड नियन्त्रणमा लिनको लागि पानीको फोहोरा प्रयोग गरेको छ ।
अहिले बानेश्वरमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । संसद घेराउ गर्न अगाडि बढिरहेका प्रदर्शनकारीहरू पछाडि हटाउन प्रहरी सफल भएको छैन ।